paul shah

पल शाहले जेल भित्र के के गर्छन?

Entertainment National News News

The Mirror

झुठो आरोपमा फसाईएका अभिनेता पल शाह अहिले तनहुँ कारागारमा बन्दि जीवन बिताई रहेका छन।

नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शाह विगत ४ महिना भन्दा बढी समयदेखि कारागारमा बसिरहेका छन्।

एक नाबालिका गायिकाले बलात्कारको झुठो आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेपछि पलले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। यसपछि अदालतको आदेशमा पल अहिले कारागारमा जीवन बिताई रहेका छन।

नेपाल सरकारले कारागारमा रहेका कैदी बन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ दिदै आएको छ। यही खर्चबाट नै अन्य कैदीसँगै पलले पनि दैनिकी विताइरहेका छन। पल १३९ कैदीसँगै कारागारमा छन।

तर, पलले निजी खर्चमा पनि दैनिक चलाइरहेका छन। उनले, ३ जनाको समुह बनाएर मेस चलाएका छन। पलले गर्मी महिनामा सरकारले दिने २५ सय रुपैयाँको लत्ता कपडा खर्च पनि वुझिसकेका छन।

नायक पल शाहको मुद्दाको किनारा कहिले लाग्छ पक्का भएको छैन तर चाडै नै मुद्दाको किनारा लागे हुन्थ्यो भने चाहना उनका शुभ चिन्तकहरुले गरेका छन्।

झुठो बयान दिने नाबालिका गायिकाले आफुले अरुको दबाबमा परेर उनि बिरुद्ध झुठो आरोप लगाएको स्वीकार गर्दा पनि अदालतले उनलाई छोडेको छैन।

कि त उनि बिरुद्धको मुदाको फैसला हुनु पर्यो होइन भने उनि निर्दोष छन् भनेर छोड्नु पर्यो।

उनलाई फसाउन अदालत समेत लागेको भन्दै फेरि उनका फ्यानहरुले आक्रोश पोखेका छन्।

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *