Paul Shah

पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान, आफुलाई पलले बलात्कार नगरेको स्पस्ट बयान

National News News

The Mirror Desk

लोकप्रिय अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको झुठो आरोप लगाएकी एक गायिकाले अदालतमा आफ्नो बयान फेरेकी छन। जिल्ला अदालत तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित भनिएकी गायिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन।

अदालतमा बहस गरेका एक कानून व्यवसायीले बताएअनुसार पीडित गायिकाले जाहेरीमा उल्लेखित सम्पूर्ण विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन।

उनले आफुलाई प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न दबाद दिएको पनि बताइन। पीडितको पक्षमा बहस गरेकी अधिवक्ता मोहना अन्सारीले ‘पुरुषार्थको विजय कसरी हुन्छ’ भन्ने विषयको आज आफू साक्षी भएको टिप्पणी गरिन।

‘प्रतिवादीले ब्वाइफ्रेण्ड गर्लफ्रेण्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलका क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा प्रतिवादीले पीडितलाई करणी गरेको तथ्यलाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ’ आदेशमा भनिएको थियो।

जिल्ला अदालत तनहुँमा आइतबार साँझसम्म पनि जाहेरीकर्ता र पीडितको बकपत्र लिने क्रम चलिरहेको छ । ‘आइतबार पीडितको बकपत्र भयो, यसमा उनलाई प्रलोभन दिइएको देखिएको छ’ अधिवक्ता मोहना अन्सारी भन्छिन्, ‘उनको अहिलेको बयानलाई मात्र अन्तिम सत्य मान्नु हुँदैन, अदालतले पीडितलाई कसरी संरक्षण गर्छ भन्ने त्यो ठूलो कुरा हो’।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *