madhav nepal

‘पहिला एमालेले जितेका पालिका सबै हामीलाई चाहिन्छ’:- माधव नेपाल

National News News

The Mirror Desk

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको सबै स्थानीय तहहरुमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन।

उनले २०७४ सालको निर्वाचनमा एमालेले पाएको सफलतामा आफूहरुको मात्र हक लाग्ने बताए।

उनले भने, ‘सत्ता गठबन्धनका सबै दलले २०७४ सालको निर्वाचनमा भाग लिएका छन, हामीले एमालेको नाउँमा भाग लिएका थियौ, किन भने त्यो बेलामा हाम्रो पार्टी नेकपा एमाले थियो, ‘त्यसकारण एमालेले प्राप्त गरेको सफलतामा हाम्रो हक लाग्छ, पहिलो हक लाग्छ’।

उनले कम्तीमा एक्लै ५० प्रतिशत शक्ति पुर्‍याएको स्थानीय तहमा मात्र नेतृत्व दावा गर्न सुहाउने बताए। गठबन्धनका कतिपय दलले १० प्रतिशत, २० प्रतिशत मतको आधारमा पनि पालिका दाबी गरिरहेको भन्दै अध्यक्ष नेपालले जित्ने भन्दा बढी स्थानमा दाबा गर्न नमिल्ने बताए।

पोखरा महानगरपालिकाको मेयरमा आफूहरुले दाबी गर्दा खिसिट्युरी गरिएको भन्दै नेता नेपालले त्यहाँ आठ हजार भन्दा बढी पार्टी सदस्य रहेको दावी गरे।

कपिलवस्तुको एक पालिकामा गत स्थानीय तह निर्वाचनमा १३४ मत ल्याएको दलले अहिले प्रमुख पद दाबी गरेको भन्दै नेता नेपालले यथार्थमा आधारित भएर दाबी गर्न आग्रह गरे।

उनले भने, ‘अब कुनै पनि पार्टीसँग सहमति हुन सकेन भने जोसँग सहमति हुन्छ, त्यो सँग हामी चुनावमा जान सक्छौं, पाँचवटै दलको बीचमा सहमति भएन भने जुन दलसँग सहमति हुन्छ र हामीलाई आत्मविश्वास हुन्छ हामी एक्लै पनि जित्न सक्छौं भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ तर जित सुनिश्चित हुनुपर्छ’।

[ref-onlinekhabar]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *