The Mirror Desk,
काठमाडौँ, आईपीएल अक्सनको पहिलो चरणमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन्। ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन। तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले यसै साल रिलिज गरेको थियो। गत सिजन दिल्ली फाइनलमा पुग्दा सन्दीपले एक खेल पनि खेल्न पाएका थिएनन्।

अक्सनको अन्तिम समयमा कुनै टिमले राख्न रुचि देखाएमा सन्दीप न्यूनतम पारिश्रमिकमा आबद्ध हुने सक्ने सम्भावना भने छ। सन्दीपले सुरुवाती दुई सिजनमा ९ खेलमा १३ विकेट लिएका थिए। गत सिजन दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर हुँदा सन्दीपले मौका पाउन सकेका थिएनन्।
ref-natn’lmedia
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020