पहिलो टि-२० मा भारतको, लज्जाष्पद हार, बिराट कोहली सुपर फ्लप,

Cricket Sports

E.SHARMA,

अहमदाबाद, तीव्र गतिका बलर जोफ्रा आर्चरको उत्कृष्ट बलिङ गरेपछी पहिलो टी २० क्रिकेट प्रतियोगितामा भारतले पाहुना टोली इंग्ल्याण्डलाई १२५रनको लक्ष्य दिएको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन बनायो।

श्रीयस अय्यरले ४८ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६७ रन बनाउदै घरेलु टोली भारतको साख जोगाए। अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन। त्यस्तै, आज ऋषभ पन्तले २१ र हार्दिक पाण्ड्याले १९ रनको योगदान दिए। पहिलो टी-२० मा केएल राहुल १, शिखर धाबन ४, कप्तान विराट कोहली र शार्दुल ठाकुर शून्यमै आउट भए।

इंग्ल्याण्डका जोफ्रा आर्चरले तीन विकेट लिए। चार ओभरको स्पेलमा आर्चरले एक ओभर मेडन राख्दै २३ रन खर्चिएका थिए। मार्क वुडले २० रन खर्चिएर एक विकेट लिँदा अदिल रासिदले पनि १४ रन खर्चिएर एक विकेट हात पारेका थिए। वेन स्टोक्स र क्रिस जोर्डनको नाममा पनि एक एक विकेट रह्यो। ‘प्लेयर अफ द म्याच’ इंगलैंडका जोफ्रा आर्चर भएका थिए र उनले तीन विकेट लिए।

[ref-Tkhabar]

हेर्नुहोस केहि फोटोहरु

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *