The Mirror Desk,
काठमाण्डाै, नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने ‘पाकिस्तान सुपर लिग’ को आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन्। उनी यसपाली प्लाटिनम समुहमा परेका हुन्।
यो समुहमा चर्चित अनुहारहरु बाबर अजाम, क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन्। उक्त ड्राफ्ट लिस्टमा सन्दिप सहित कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ। भने पाकिस्तान क्रिकेट बोर्डले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ।

एउटा टिमले कुल १ दशमलव १ मिलियन अमेरीकी डलरमा आफ्नो टिम बनाई सक्नु पर्ने नियम छ। प्लेटीनम समूहमा ड्राफ्ट गरिएका खेलाडीहरुलाई कुनै टिमले १ लाख १७ हजार अमेरीकी डलरदेखि २ लाख १८ हजार अमेरीकी डलर सम्म खरिद गर्न सक्ने छ।
पिएसएलको ड्राफ्टमा खेलाडीलाई ५ क्याटगेरीमा राख्ने गरिन्छ। प्लेटिनम सर्वाधिक महँगो क्याटेगेरी हो र सन्दिप पनि यहि क्याटेगेरीमा परेका छन।
[ref-ujjalo]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–