The Mirror Desk,
काठमाडौँ, सन् २०२१ का लागि भएको छनोटमा नेपाली खेलाडीलाई पाकिस्तान सुपर लिगको कुनै पनि टोलीले समाबेश गर्ने इच्छा देखाएनन्। पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि छनोटमा परेनन्।
ड्राफ्टमा परेका नेपाली १० खेलाडीहरुमा पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख थिए। ड्राफ्टमा २० देशका चार सयभन्दा बढी खेलाडी परेका थिए। नेपाली खेलाडी अलग–अलग समूहमा थिए। १० मध्ये सन्दीप लामिछाने सबैभन्दा महँगो समुहमा थिए भने अन्य ९ जना सबै सिल्भर समूहमा परेका थिए।
[ref-annapurna]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020