The Mirror
ललितपुर महानगरले पानीपुरी र चटपटे बिक्रीमा रोक लगाएको छ।
काठमाडौं उपत्यकामा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा हैजा फैलिन नदिन पानीपुरीमा र चटपटेमा रोक लगाएको हो।
नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले, ‘बाटो-बाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको छ, अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फैलन सक्छ’।
कतिले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको पनि महानगरले जनाएको छ।
महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ। स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ।
[ref-ekantipur]
अन्तमा यो पनि…