‘पारस’ छाडेर ‘हिमानी’ तिर

Entertainment

The Mirror Desk,

काठमाडौँ, अहिले नेपाली सिने जगतमा थोरै भएपनि केहि उत्साहा छाएको छ। १/२ फिल्महरु निर्माण हुन थालेका छन। कोरोन भाइरसको महामारीले थला परेको फिल्मी उद्योग बिस्तारै उठ्न थालेको छ। अब हामी पनि केहि मनोरंजन लिन थालेका छौ।

यसै क्रममा ‘लुट’ फिल्म निर्माण गरेर चर्चामा आएका निर्माता माधव वाग्लेले ‘पारस’ भन्ने फिल्म बनाउने निर्णय गरे तर अहिले उनले यो फिल्मको सम्पूर्ण जिम्मेवारी भूवन केसीलाई सुम्पदै यो फिल्मबाट टाढा भैसकेका छन्।

निर्माता वाग्लेले ‘पारस’ छाडेपछि फेरि नयाँ फिल्म निर्देशनको तयारीमा जुटेका छन्। उनले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम हो ‘हिमानी’। चलचित्र विकास बोर्डमा नाम दर्ता भैसकेको ‘हिमानी’ को छायांकन चैत्रबाट सुरु हुने भएको छ। ‘हिमानी’ महिला केन्द्रित फिल्म हो र यसमा प्रेम, रोमान्स र सस्पेन्स सबै समावेश गरिएको छ।

उनले भने, ”कलाकारमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र अर्पण थापाको नाम उल्लेख गरेको छु तर यी नामहरु फिल्म दर्ता गर्दा दिनुपर्ने भएकोले आफ्नो नजिकैको कलाकारको नाम दिईएको हो र को को राख्ने भन्ने कुरा फाइनल भएको छैन”।

वाग्लेले भने, ”फिल्मको नाम ‘हिमानी’ भएपनि यसले यूवराज्ञी हिमानी शाहको जीवन कथा बोल्दैन, यसको कथा काल्पनिक हो, कसैको जीवनसँग मेल खाँदैन”। उनले कलाकारहरु अडिसन बाट लिन तयारी गरेको बताए।

[ref-onlinekhabar]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *