The Mirror Desk,
काठमाडौँ, आज भोलि माओबादि केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले माओबादि नामको पार्टीबाट दिक्क भएर पार्टीको नामनै बदल्ने प्रयासमा छन्।
अहिले सम्म नाम के राखिने भन्ने यकिन भएको छैन र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हटाएर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने सक्ने जनाइएको छ। पार्टीको कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी बैठकमा नाम परिवर्तन गरेर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव आएको एकजना केन्द्रीय सदस्यले बताए।
फागुन-२३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएर साविककै नामहरु कायम गरिदिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार र बिहीबार पेरिस डाँडामै बसेको थियो। उक्त बैठकमै माओवादी केन्द्र हटाएर ‘नेपाली कम्युनिस्ट पार्टी’ मात्रै राख्ने सहमति लगभग जुटेको छ।
माओवादी केन्द्रका एक नेताका अनुसार मुख्यतः एमालेभित्रको माधव नेपाल समूहलाई एकतामा ल्याउनको लागी पार्टीको नाम फेर्न खोजिएको हो। यस अघि पनि सार्वजनिक रुपमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी साबिककै अवस्थामा फर्कन नसक्ने र नाम पनि सोहीअनुसार हुन नसक्ने बताएका थिए।
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020