uml leader bhim rawal

‘पार्टीको ३० लाख हिनामिना गरेकोमा रावल माथि मुद्दा दर्ताको तयारी’

National News

The Mirror Desk,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रकम व्यक्तिको खातामा रकमान्तर गरेको विषयमा नेकपाका निलम्बित नेता भिम रावल माथि मुद्दा दर्ता हुने भएको छ। पार्टीको रकम व्यक्तिको खातामा राख्न लगाउने नेता भीम रावल र सो काममा संलग्न रहेका नेताहरू नेपवहादुर चौधरी, दिनेश चन्द्र सुबेदी र केशव रावल विरुद्ध मुद्दा दायरको तयारी गरिएको हो।

प्रतिनिधिसभा भङ्ग गरिएको समयमा पार्टीको विवाद बढेपछि पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैङ्कबाट ३० लाख रकम झिकिएको थियो। कृषि विकास बैङ्क धनगढी शाखाका अनुसार उक्त रकम प्रदेश पार्टी कार्यालयका सचिव दिनेश चन्द्र सुबेदीको खातामा पुराइएको छ।

कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको थियो।

एक खाताबाट अर्कोमा रकम सारिएको कुरा कृषि विकास बैङ्क धनगढी शाखाले पनि पुष्टि गरेको छ।

अध्यक्ष कर्ण थापाले भिम रावल माथि निकै र धेरै कुरामा गम्भीर आरोप लगाउदै रावल र अरु संलग्न बिरुद्ध मुद्धा दाएर गर्ने तयारी गरेको बताए।

त्यतिबेलाको पार्टीको प्रदेश अध्यक्ष कर्ण थापा,सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्थामा टेकर चौधरी र सुवेदीले मिलेर सो रकम निकालेका थिए। नेकपामा विवाद बढेपछि तत्कालिन प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुबेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको थापाको आरोप छ। [यो समाचार राजनीतिक र चक्रपथमा छापिएको छ]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *