The Mirror
एमालेको अनुशासन बिभागले पार्टी अध्यक्ष केपी ओलीको अनाबास्यक आलोचना गरेको भन्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग स्पष्टीकरण सोध्न सिफारिस गरेको छ।
बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीति विपरीत काम गरेको आरोप समेत लगाएको छ।
भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोरेको बताउँदै ओलीको कार्यशैलीको पनि कडा आलोचना गरेका थिए।
अनुशासन आयोगका अध्यक्ष केशव बडालले भने, ”सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वमाथि प्रश्न उठाउने स्थायी कमिटी सदस्यलाई स्पष्टीकरण सोध्न सिफारिस गरिएको छ’।
भुसाल एमालेभित्र पार्टी अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने थोरै नेतामा पर्छन्। उनले यो निर्वाचनपछि ओलीको नेतृत्वमाथि प्रश्न उठेको सार्वजनिक रूपमा समेत बताएका थिए।
२०६४ सालको निर्वाचन पराजयपछि नैतिकताका आधारमा तत्कालीन एमाले महासचिव माधवर नेपालले राजीनामा दिएको प्रसंग समेत भुसालले उठाउने गरेका छन।
चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा भीम रावल र घनश्याम भुसाल सबभन्दा धेरै आक्रोशित बनेका थिए। रावल र भुसालकै असहमतिका कारण ओलीले नचाहे पनि केही पदहरूमा चुनाव भएको थियो। रावल अध्यक्ष र भुसाल उपाध्यक्षको उम्मेदवार बनेका थिए।
[ref-setopati]
अन्तमा यो पनि…