oli and nepal

‘पार्टी एकताका लागि एमाले र नेकपा एसबीच बार्ता सुरु’

National News News

The Mirror

नेकपा (नेकपा एस)ले पार्टी एकता र आगामी निर्वाचनमा गठबन्धनका लागि नेकपा एमालेसंग छलफल सुरु गरेको छ।

उसले एमाले सँगको वार्ताका लागि भने दुई सर्त अघि सारेको छ। दस महिनाअघि एमालेबाट विभाजन भएको सो पार्टीले आफूहरूको अस्तित्व स्वीकार गर्नुपर्ने र संसद् विघटन बारेमा छलफल गर्न तयार हुनुपर्ने सर्त अघि सारेको हो।

शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले हालको पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेसँगै एमालेसँगको सहकार्य वा गठबन्धनका लागि यी दुई सर्त अघि सारेको हो।

पार्टीका नेता झलनाथ खनालले पाँच दलीय गठबन्धनको मात्रै भर गर्न नहुने र एमालेसँग पनि सहकार्यको ढोका खुला गर्नुपर्ने धारण राखेका थिए।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘एमालेसँग सहकार्य हुनसक्छ तर त्यसका लागि दुई सर्त छन्, पहिलो पार्टीको अस्तित्व स्वीकार गर्नुपर्छ, दोस्रो संसद् विघटनका विषयमा छलफल गर्न तयार हुनुपर्छ’।

केन्द्रीय कमिटीको बैठकमा नेता खनालले दुईपटक संसद् विघटन भएको बताउँदै संसद् विघटनबारे खुला छलफल गर्न तयार हुनुपर्ने बताए।

कांग्रेस र माओबादीको भर पर्न नहुने र आफ्नो अस्तित्व बचाउनका लागी पनि अब एमालेसंग एकता गर्नुपर्ने कतिपय नेताहरुको जोड छ।

[ref-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *