The Mirror
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका कार्यकर्ताहरुलाई आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन।
बिराटनगर एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको पार्टी एकताको बारेमा पनि बोले।
एक प्रश्नको उत्तरमा ओलीले भने, ‘मैले पार्टी प्रवेशमा रोक लगाएको छैन, कार्यकर्तालाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं, भुलबस पार्टी छाडेर जानेहरु पार्टीमा फर्किनुहोस’।
तर पार्टी फुटाएर जाने र एमालेलाई पत्तासाप पार्छौ भन्ने नेताहरुको बारेमा भने ओलीले केहि पनि बताएनन।
[ref-onlinekhabar]
अन्तमा यो पनि…