‘पार्टी छोडेर गएकालाई घर फर्किन प्रधानमन्त्रीको आग्रह’

National News News

The Mirror Desk,

काठमाडौँ, बुधबार राजधानीमा आयोजित आफु निकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलामा प्रधानमन्त्रीले बाटो बिराएर ‘प्रचण्ड-नेपाल’ समूहमा गएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा फर्कन आग्रह गरेका छन्। प्रधानमन्त्रीले बेहाल र एता न उता भएर सो समुहमा बस्नुभन्दा आफ्नै घरमा फर्कन ‘प्रचण्ड-नेपाल’ समूहलाई आग्रह गरेका हुन।

प्रधानमन्त्रीले आफैंले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी पनि गरे। ‘दशा लागेका केही मान्छे पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन र समृद्धिको यात्रा नरोकिने’ स्पष्ट परे। तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले कोही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले तोकिएको समयमानै निर्वाचन हुने भन्दै मुलुक निरन्तर समृद्धिको यात्रामा अघि बढिरहेको बताए।

[ref-news24]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *