barsaman pun

‘पार्टी महासचिवमा मेरो दाबी स्वाभाविक’:- माओवादी नेता वर्षमान पुन

National News News

The Mirror Desk

चीनमा उपचारपछि स्वास्थ्यलाभ गरेर स्वेदश फर्किएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन्। सोमबार साँझ स्वेदश फर्किएका पुनले अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका हुन्।

पुनले आफू यसअघि नै पार्टीको सचिव रहिसकेकाले महासचिवमा दाबी गर्नु स्वभाविक रहेको उनले बताए। आफूले उपचारका क्रममा चीनमा रहेकै बेला पार्टी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित अरु नेताहरुसँग महासचिवमा आफ्नो दाबी प्रस्तुत गरिसकेको पुनले बताए।

उनले स्थानीय कमिटीदेखि प्रदेश हुँदै पार्टी अध्यक्ष र केन्द्रीय समितिको चयन सर्वसम्मतिबाट भएको भन्दै उनले वरिष्ठ नेता, उपाध्यक्ष र महासचिवसहित पदाधिकारी चयन पनि सहमतिमै हुने बताए।

पुनले भरसक सहमतिमै पदाधिकारीहरु चयन हुने र प्रक्रियामा गए आफू फेस गर्ने उनको भनाइ थियो। आफू उपचारका क्रममा देशबाहिर रहेका बेला पार्टीको आठौं महाधिवेशन भएको र त्यसमा सहभागी हुन नपाउँदा दुःख लागेको बताए।

उनले भने, ‘महाधिवेशन चलिरहेकै बेला मैले पार्टी अध्यक्ष, वरिष्ठ नेता र अरु साथीहरुसँग कुरा हुँदा महासचिवमा दाबी गरेको साँचो हो, म यसअघि सचिव भएर काम गरिसकेकाले हुनाले महासचिवमा दाबी गर्नु एकदमै स्वाभाविक हो’।

[ref-annapurna]

…र अन्तमा यो पनि

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *