uml

पाल्पामा एमालेको ‘क्लिन स्विप’

National News News

The Mirror

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार नुनबहादुर थापा ६,०३९ मत ल्याई विजयी भएका छन।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मिनप्रसाद गिरीलाई ४,७८२ मतान्तरले पराजित गरेका हुन। पराजित मिनप्रसाद गिरीले १,२५७ मत ल्याएका छन।

त्यस्तै उपाध्यक्षमा समेत एमालेकी भागिरथि भट्टराई ५,८९४ मतसहित विजयी भएकी छिन। दोस्रो स्थानमा रहेकी कांग्रेसकी विष्णुकुमारी आचार्यले २२५० मत ल्याइन।

पाल्पाका १० पालिकामध्ये अहिलेसम्म एउटाको मात्रै अन्तिम नतिजा आएको हो। निर्वाचन आयोगका अनुसार पूर्वखोलामा ६ वटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ।

वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन्।

पूर्वखोलामा २०७४ सालको निर्वाचनमा पनि अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेबाटै निर्वाचित भएका थिए।

[ref-kantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *