bus accident

पाल्पामा भयानक बस दुर्घटना, कयौंको मृत्यु, १६ घाइते

National News News

The Mirror

भर्खरै हामीलाई प्राप्त दुखद समाचार अनुसार, पाल्पा रिब्दीकोट गाउँपालिका-२ लघुवामा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको ‘लु १ ख ५९५२’ नम्वरको बस लघुवामा दुर्घटना भएको हो।

आइतबार दिउँसो साढे ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरी चौकीले जनाएको छ। सबै मृतको पहिचान हुन सकेको छैन।

दुर्घटनामा परी १६ जना घाइते भएका छन। घाइतेहरुलाई उपचारका लागि तानसेन पठाइएको प्रहरीले जनाएको छ।

बस सडकबाट करिब सय मिटर तल खसेको थियो। अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीहरुले घाइतेहरुको उद्धारा गरिरहेका छन।

घटनास्थलमा अन्य घाइतेहरुको उद्धार गरी अस्पताल पठाउने काम भईरहेको र घटनास्थलमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

[ref-imagekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *