पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री ओली मिलेर छिट्टै नयाँ पार्टी खोल्दैँछन्-: योगेश भट्टराई

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका नेता योगेश भट्टराईले प्रधानन्त्री के पी ओली र पूर्वराजा ज्ञानेन्द्र मिलेर नयाँ राजनीतिक पार्टी खोल्न लागेको बताएका छन्। उनले प्रधानमन्त्री के पी ओलीका सबै कदम त्यतैतिर उन्मुख रहेकोले ज्ञानेन्द्र शाह र के पी ओली अध्यक्ष रहेको पार्टी बने पनि आफुलाई आश्चर्य नलाग्ने बताए। उनले भने, ‘यी दुवै अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन, प्रधानमन्त्री ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको गम्भीर आरोप थियो।

भट्टराईले पूर्वी नवलपरासीको कावासोतीमा शनिबार दिउँसो कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्। उनले भने, ‘प्रधानमन्त्री ओलीको हरेक कदम गणतन्त्र र संघीयता विरोधी छ त्यसकारण दुवै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन र शाह र ओली एउटै पार्टीको अध्यक्ष रहेको पार्टी बन्ने दिन धेरै टाढा छैन’।

मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे’, उनले भने, ‘जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।’ प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए।

[ref-nparda]

अन्तमा उनीसंग सम्बन्धित यो अलि पुरानो भएपनि सान्दर्भिक भिडियो पनि हेर्नुहोस

उनि सधै पुरानो पुस्तालाई खुसी पर्नमा मात्र ब्यस्त हुन्छन

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *