Johnny Depp And Amber Heard

पूर्व पतिलाई क्षतिपूर्ति तिर्न यी सुन्दरीले आफ्नो घर नै बेचिन

International News News

The Mirror

‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेप र अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनले अहिले चर्चामा छन। विवरण अनुसार एम्बरले आफ्ना पुर्ब पतिलाई क्षतिपूर्तिको रकम तिर्न आफ्नो महल बेचेकी छन।

उनले यस अघि पूर्वपति डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन। त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरे।

यस मुद्दामा डेप विजयी भए र अदालतले एम्बरलाई १० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दियो। केही दिनपछि अदालतले यस विषयमा फेरि हस्तक्षेप गर्दै क्षतिपूर्ति भराउन लिखित आदेश दिएको थियो।

रिपोर्टका अनुसार एम्बरले क्यालिफोर्नियाको मरुभूमि, युक्का भ्याली ई-स्टेटमा रहेको आफ्नो सम्पत्ति बेच्ने सम्झौता गरेकी छन। यो सम्पत्ति ६ एकडमा फैलिएको छ जसमा तीन शयनकक्ष र तीन बाथरूम पनि छन। हर्डले यो सम्पत्ति १.५ मिलियन डलरमा बेचेकी हुन। यो सम्झौताले उनलाई ५ लाख डलर फाइदा भएको छ।

जोनी-एम्बर मुद्दामा न्यायाधीशले आधिकारिक रूपमा क्षतिपूर्ति रकम घोषणा गर्दै पत्र जारी गरेका थिए। उनले आफ्नो आदेशमा दुवै जनाले आ-आफ्नो रकम छिट्टै भर्नुपर्ने लेखेका छन्।

जसमा जोनी डेपको छवि बिगारेको आरोपमा अदालतले एम्बरलाई १ करोड डलर तिर्न भनेको थियो। योसँगै जोनीले अम्बरलाई २० लाख डलर दिन पनि आदेश दिएको थियो।

यसअघि डेपका वकिलले एम्बरले अदालतको निर्णयलाई थप चुनौती नदिएमा आफूहरुले त्यसबाट क्षतिपूर्ति नलिने बताएका थिए।

वकिलले अघि भने, ‘यो मानहानी मुद्दा पैसाको लागि कहिल्यै थिएन। यो केस सधैं जोनीले गुमाएको सम्मानको लागि थियो। यदि एम्बर हर्डले मुद्दालाई थप चर्काउँदिनन् भने जोनीले क्षतिपूर्ति रकम नलिन पनि सक्छन।’

हर्डले जोनी डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्। त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । हर्डले डेपविरुद्ध दुर्व्यवहार र मानसिक उत्पीडनको दाबी गरेकी छन्।

हर्डले अदालतको निर्णयलाई निराशाजनक भनेर टिप्पणी गरेकी थिइन। निर्णयले आफ्नो मन टुटेको उनले बताएकी थिइन।

[ref-onlinekhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *