पूर्व भारतीय क्याप्टेन सौरभ गांगुलीलाई हृदयघात, अस्पतालमा भर्ना, छातीको शल्यक्रिया हुदै

Cricket International News

The Mirror Desk,

नयाँ दिल्ली, भारतीय क्रिकेट टीमका पूर्वकप्तान एवं भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीलाई हृदयघात भएको छ। हृदयघात पछि उनलाई कोलकता स्थित उडल्यान्ड अस्पतालमा भर्ना गरिएको समाचार छ।

शनिबार बिहान उनले जिम गरिरहेको बेलामा एक्कासी छाती दुख्न थालेपछि अस्पताल लगिएको थियो। अहिले उनको अबस्था स्थिर रहेको छ। सबै कुराको जांच गरेपछि अस्पतालबाट डिस्चार्ज गरिने कुरा उनको चिकित्सकहरुले बताएका छन्। ४८ बर्षिया गांगुलीलाइ छातीमा असजिलो महसुस भएपछी बिहान १ बजे अस्पताल पुराइएको थियो।

चिकित्सकले शनिबार बेलुका उनको छातीमा रक्तप्रवाह गराउनको लागि शल्यक्रिया गर्ने जनाइएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले ट्वीट गर्दै गांगुलीको स्वास्थ्य लाभको कामना गरेकी छन्। उनको स्वस्थलाभको कामना गर्दै सन्देस हरु आइरहेका छन्।

[ref-india today]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *