Former Miss Nepal Khatiwada in politics

पूर्व मिस नेपाल श्रृंखला खतिवडा माधब नेपाल तिर कि केपी ओली तिर?

National News News

The Mirror Desk

नेकपा (एमाले) बाट टुक्रिएको माधब नेपालको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक मुनु सिग्देल चयन गरेको छ।

सिग्देल पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा हुन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता विरोध खतिवडाको श्रीमती हुन्।

विरोध खतिवडा सङ्घीय सरकारको मन्त्री बन्ने चर्चा चलिरहँदा सिग्देले बाग्मती प्रदेशको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पाएकी हुन्।

संसदीय दलको कार्यालय हेटौंडामा बसेको बैठकले संसदीय दलको उपनेतामा कृष्ण प्रसाद खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतिले चयन गरेको हो।

नेकपा (एमाले) का ५६ जना प्रदेश सभाका सदस्यहरूमध्ये १३ जना प्रदेशसभा सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) चुनेकाले अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको पार्टीले जनाएको छ।

बागमती प्रदेशसभामा एमाले ४३ सांसदसाथ पहिलो, २३ सांसदसाथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसदसाथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदसहित नेकपा (एकीकृत समाजवादी) चौथो, ३ सांसद भएको विवेकशील साझा पार्टी पाँचौं, २–२ सांसद् रहेका राप्रपा र नेमकिपा छैटौं र सातौं स्थानमा छन्।

आमा बाबु माधब नेपालको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा लागेपनि छोरी शृंखला खतिवडा भने अहिले सम्म कुनै पनि जिम्मेवारीमा रहेकी छैनन्। उनलाई आमा बाबु संगै लाग्ने विश्वास गरेपनि उनि अझै पनि कतै खुलेर लागेकी छैनन्।

हेरौ भबिस्यमा उनी कसको पार्टीमा आबद्द हुने छिन।

[ref-Nparda]

अन्तमा हिमानीको यो समाज सेवा भिडियोमा हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *