paras shah

पूर्व युवराज पारस शाहको घरमा लुटपाट, एक कामदार पक्राउ

Breaking News National News News

The Mirror Desk

B.THAPA

पूर्व युवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको आरोपमा त्यहाँ काम गर्ने एक कामदारलाई प्रहरीले पक्राउ गरेको छ।

पोखराको लेकासाइड स्थित बुलउँदीमा भाडामा लिएको घरमा काम गर्ने कामदारले चोरी गरेको भन्दै प्रहरीले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनलाई अहिले महाराजगन्ज वृत्तमा राखेर अनुसन्धान भैरहेको छ। प्रहरीका अनुसार शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन्। पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ। उनलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ।

चोरेको सामान गौतमले पूर्व युवराज पारसलाई फिर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *