E.SHARMA,
काठमाडौँ, पूर्वयुवराज पारस शाहले झापाको धुलाबारीस्थित मेची क्राउन होटलबाट पत्नी तथा पूर्वयुवराज्ञी हिमानी शाहसँग सामिप्यमा उभिएको तस्बिर राखे, गत शुक्रबार राती। आमा तथा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवका अवसरमा अरु भन्दा ढिलोगरी होटलमा उनी पुगेपछि हिमानीसँग लामो समयसम्म सन्निकट नरहेका पारस साथसाथ देखिए। ‘धुमधामका साथ जन्मोत्सवको पार्टी गर्नुभयो, हिमानी र पारस पनि रमाएको देखिन्थ्यो, उहाँहरूमा त्यस्तो खटपट केही छ जस्तो देखिएन रमाएर जन्मोत्सवको पार्टीमा गफिएको पाइयो,’ एक सहभागीले भने।
पारसले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनी हिमानीसँगै छन्। यसले के पुष्टि गर्छ भने पत्नीसँग टाढिएको उनको सम्बन्ध नजिकिएको छ। यसअघि छुटपुट रुपमा कुनै औपचारिक कार्यक्रममा भेट भए पनि यस्तो सन्निकट देखिँदैन थिए। छोराबुहारीलाई नजिक्याउने काम भने पूर्वरानी कोमलले गरेकी हुन्। उनले यसअघि पनि विविध अवसरमा पारस–हिमानीलाई नजिक्याउँने काम गरेकी थिइन्। गोरखामा हिमानी ट्रष्टले बनाएको विद्यालय भवनको उद्घाटनका क्रममा प्रमुख अतिथि रहेकी कोमलले पारस–हिमानीलाई साथसाथ राखेकी थिइन्।
अझै त्यो त भैहाल्यो,त्यो भन्दा फरक कुरा पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवका अवसरमा पूर्व राजा रानी नाचेको नाचले निकै नै चर्चा पायो। त्यो नाच हेर्द सामान्य जस्तो देखिए पनि, त्यसले हामी जस्तो सुकै अबस्थामा पनि हासी खुसी रहन सक्नु पर्छ भन्ने संदेश दिएको छ। सत्ताबाट सजिलै निस्केका पूर्व राजा रानी कति खुसी छन् तर बर्सौ सत्तामा बसेर पनि किन नेताहरुको पारा यस्तो छ भन्ने गहिरो अर्थ पनि यो नाचले दिए जस्तो लाग्छ।
हेर्नुहोस पूर्व राजा रानी नाचेको यो भिडियो…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020