पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले लन्च गरे आफ्नै वेबसाइट

International News News

The Mirror Desk

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ‘लन्च’ गरेका छन्। फेसबुक र ट्वीटरमा प्रतिबन्धित भएपछि आफ्ना गतिविधिलाई सार्वजनिक गर्नको लागी आफ्नै वेबसाइट लन्च गरेका हुन्।

जब हामी नयाँ वेबसाइट खोल्छौ उनले डायरीमा केही लेखिरहेको सानो उनको तस्बिर देखिन्छ। उनको तस्बिमुनि अमेरिकालाई फेरि विशाल बनाउनेमा विश्वास गर्ने बताइएको छ।

नयाँ साइटमा ट्रम्पका भनाइहरुलाई ट्वीटर र फेसबुकमा सेयर गर्न मिल्ने गरी ‘आइकन’ पनि राखिएको छ।

वेबसाइटको लागी यहाँ क्लिक गर्नुहोला:-donaldjtrump.com/desk

प्रयोगकर्तालाई नयाँ जानकारी प्राप्त गर्नका लागि ‘साइन अप अलर्ट’ समेत राखिएको छ। त्यसमा नाम, इमेल र फोन नम्बर राखेर प्रयोगकर्ताले नयाँ जानकारी पाउन सक्छन्। वेबसाइटमा नयाँ सामग्री राख्ने बित्तिकै प्रयोगकर्तामा जानकारी पुग्नेछ।

आधा मिनेटको भिडियो पनि वेबसाइटमा राखिएको छ। भिडियोमा ट्वीटर र फेसबुकले प्रतिबन्ध लगाएको कुरापनि गरिएको छ। अमेरिकालाई जोगाउन आग्रह सहितको नारा पनि रहेको छ।

सोसल मिडियामा राखेका ट्रम्पका अभिव्यक्तिले हिंसा भड्काएको भन्दै त्यसबेला फेसबुक र ट्वीटरले स्थायी रूपमा उनलाई प्रतिबन्ध लगाएका थिए।

तर ट्रम्पका सल्लाहकार जेसोन मिलरले वेबसाइटबारे ट्वीटरमार्फत् प्रष्ट पार्न खोजेका छन्। उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पको वेबसाइटमा उहाँको पहिलो कार्यकालका महत्वपूर्ण कामहरुको बारेमा स्पस्ट पर्न खोजिएको हो तर यो नयाँ सामाजिक सञ्जाल भने होइन’।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *