acharya dhanraj

पोखराको मेयर नपाए एमालेसँग मिल्ने माधब नेपालको पार्टी कास्की अध्यक्षको धम्की

National News News

The Mirror Desk

गठबन्धनका दलले अपमान गरिरहे एमालेसँग मिल्न सक्ने एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले चेतावनी दिएको गठबन्धनका अरु सदस्यहरुले बताएका छन।

केन्द्रबाट कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयरमा उम्मेद्वार उठाउने र माहोल हेरेर एउटाले फिर्ता लिने छलफल चलेको खबर पाएपछि आचार्यले उक्त प्रस्ताव ठिक नहुने बताएका हुन्।

निर्वाचनमा गठबन्धन गर्ने विषयमा सोमबार कास्कीमा निकै चहलपहल रह्यो। कांग्रेस सचिवद्वयको विज्ञप्तिले बिच्किएको गठबन्धनमा अर्को एउटा समस्या थपियो। घटना थियो एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यको वक्तब्य। उनले मेयर आफूले नपाए एमालेसँग मिल्न सक्ने धम्की दिए।

कांग्रेस सभापति किशोरदत्त बरालले भने, ‘ माधवजीले कांग्रेस र एसका उम्मेद्वारले उम्मेद्वारी दिन लगाउने र जसको माहोल राम्रो हुन्छ, उसैलाई अगाडी बढाऔं भन्नुभएछ, त्यो कुरा मैले यहाँ सुनाएँ, र हुन्छ भनें, धनराज जीले नेताहरुलाई फोन गर्नुभयो, त्यसपछि नोमिनेसन नै गर्दिनँ, हामी कुनै पनि ठाउँमा दर्खास्त दिँदैनौं बरु एमालेसँग मिल्छौं भन्नुभयो।’

[ref-dcnepal]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *