The Mirror
१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ।
सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ भने जहाज अझै सम्पर्कविहीन छ।
प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयरले जनाएको छ। जहाजमा चालकदलका ३ सदस्य पनि छन।
उक्त सम्पर्क विहीन भएको जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको उडेको थियो।
अन्तमा यो पनि…