satta gathabandhan

पोखरामा पाँच दलीय सत्ता-गठबन्धन टुटेको घोषणा

National News News

The Mirror

पोखरामा पाँच दलीय सत्ता-गठबन्धन टुटेको घोषणा भएको छ। जनता समाजवादीले पोखरामा गठबन्धन टुटेको घोषणा गरेको छ।

जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए। आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको उनले स्पष्ट पारेका हुन।

अध्यक्ष क्षेत्रीले भने, ‘पोखरामा जनसभा हुन लागेको भन्ने समाचार बारे हाम्रो पार्टीको महानगर समितिको ध्यान आकृष्ट भयो, गठबन्धनको आवश्यकता र औचित्य हुँदाहुँदै पनि नेपाली कांग्रेसको अहंकारले गठबन्धन तोडिएको छ, यहाँ ५ दलीय भन्ने त्यस्तो कुनै गठबन्धन छैन, हाम्रो पार्टीको अनुमति बिना भ्रमपूर्ण समाचार सार्वजनिक नगर्न अनुरोध गर्दछौं’।

उनले आफ्नो पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न समेत चेतावनी दिए।

‘निर्वाचनमा स्वच्छ, मर्यादित र मित्रवत् प्रतिस्पर्धाको लागि सबै लोकतन्त्र प्रेमीहरूमा अपिल गर्दछौं, हाम्रो पार्टीको नाम ,झण्डा र चुनाव चिन्ह दुरुपयोग नगर्न चेतावनी दिन चाहन्छौं, उनले भने।

जसपाले वडा नम्बर २२ को अध्यक्ष आफ्नो पार्टीलाई मागेको थियो तर कांग्रेस र माओवादीले आ–आफ्नै उम्मेदवार उठाएका छन। यहाँ जसपाबाट अध्यक्ष क्षेत्रीकै श्रीमती चुनाव लडेकी छिन।

[ref-dcnepal]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *