dhanaraj acharya

‘पोखरामा मेट्रो रेल चलाएरै छाडछु’: नब निर्बाचित मेयर आचार्य

National News News

The Mirror

पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भए। एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै आचार्य पोखराको १५औँ मेयर बनेका हुन्। उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङसँग पराजित भईन।

आचार्यले घोषणापत्र अनुसार नै पाँच वर्षभित्र पोखरामा मेट्रो रेल चलाएरै छाड्ने दाबी गरेका छन्। सुशासन, पोखरा बसपार्क व्यवस्थापन, ल्यान्डफिल साइटको व्यवस्थापन उनका मुख्य योजना हुन्।

उनी भन्छन, ‘यो गठबन्धन हामीले पाँच वर्षलाई गरेका हौँ, माथि जेसुकै भए पनि यो पाँच वर्ष कायम रहन्छ, पोखरा बनाउने कुरामा सबैको साझा निर्णय हुन्छ, घोषणापत्रमा एमाले र हाम्रा शब्द फरक होलान, आशय एउटै छन’।

उनले अगाडी थपे, ‘नगरसभामा हामीले नचाहिने विषय लैजाँदैनौँ, सबैको कुरा पोखरा बनाउने नै हो, नगरसभा प्रत्यक्ष प्रसारण हुन्छ, नचाहिने कुरामा विरोध गरेर जनताका अगाडि नाङ्गिने काम कसैले गर्नुहुन्न, हाम्रो बोर्डका सबै निर्णय सर्वसम्मत गर्ने मेरो प्रयत्न हुनेछ, त्यहाँ कुनै स्वार्थ राखिने छैन, स्वार्थ नराखी काम गरिन्छ भने अल्पमत, बहुमत भन्नुपर्ने कुरा छैन’।

घोषणापत्रमा मेट्रो रेलको परिकल्पना गर्नुभएको छ नि के त्यो साचिकै सम्भव छ र भन्ने प्रश्नको जबाफमा उनले भने

‘दुईवटा ताल जोड्ने कुरा गरेका छौँ, पाँच वर्षभित्रमा त्यो देख्नुहुन्छ, उज्यालो हेर्न बिहानसम्म कुर्नुपर्छ, पहिला गर्छु भनेका काम नगरिएकाले यिनले गर्लान् र भन्ने आशंका छ, हामी जे भनेका छौँ, त्यो गर्छौं, त्यसमा सबै पोखरेली जनताको साथ रहनेछ’।

[ref-shilapatra]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *