nepali congress

पोखरा र भरतपुरमा असन्तुस्ट काँग्रेसको बागी उम्मेदवारी, देउवालाई ठुलो चुनौती

National News News

The MIrror

गठबन्धनको विरोध गर्दै आएको असन्तुस्ट काँग्रेसले पोखरा र भरतपुरमा बागी उम्मेदवारी दर्ता गरेको छ।

भरतपुरमा:-

पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

चितवन जिल्ला पार्टी कार्यालय भरतपुरमा भएको कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनलाई उम्मेदवार बन्न महासमिति सदस्य मीना खरेलले प्रस्ताव र पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन्। पौडेलले भोलि मनोनयन दर्ता गर्ने बताए।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेदवार बन्दै छिन्।

कांग्रेसको जिल्ला समिति भने सबै स्थानीय तहमा वडा सदस्यसम्मै तालमेल गर्नेगरी सक्रिय भएको छ।

भरतपुरको मेयर पदमा अहिलेसम्म ९ जना र उपमेयरमा २ जनाको उम्मेदवारी दर्ता भएको छ।

पोखरामा:-

गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उनले भने, ‘पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेकोले उम्मेदवारी दर्ता गराउनु पर्यो, सिण्डिकेट लागू गर्‍यो, हामी कांग्रेसी हौं, हामीले कसलाई भोट हाल्ने’?

उनले थपे, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन, अहिले कलममा भोट हाल भनेका छन, अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने हो भने ठिकै छ भोगौला’।

उनले निकै आक्रामक शैलीमा भने, ‘मिलेर पद लिने हो भने ६० अर्व चुनावी खर्च किन गर्नुपर्‍यो, मिलेर पद बाँड्दा भैगो त, दलीय व्यवस्थामा दलीय प्रतिस्पर्धा हुनुपर्छ, मिलेर जाने होइन, यस्तो संसारमै भएको छैन’।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *