पोर्चुगलमा एक नेपाली युबक द्वारा आत्महत्या

National News News

S. Katuwal, Lisbon

लिसबन, बाध्यताले विदेश पस्ने कतिपय नेपाली युवाहरु कहिल्यै आफ्नो देश र परिवारलाइ नदेख्ने गरी उतै अस्ताउने गरको तितो सत्य सुन्न हामी बाध्य हुने पर्छ। केहि पैसा कमाउन, श्रीमती छोरा छोरी र बुढेसकालका आमा बुवाको भबिस्य सुखमय बनाउन विदेश पसेको छोरो उतै अस्ताउदा कस्तो होला ति बुढा बा-आमाको मन अनि कस्तो होला श्रीमती र छोरा छोरीको भबिस्य?

यस्तै तितो र दुखद खबर हामीलाई पोर्चुगलबाट प्राप्त भएको छ। त्यहाँ बर्षौ बसेर सम्पूर्ण कागज पत्र मिलाई भोलि नेपाल जाने सम्पूरण तयारी गरेका एक नेपाली युवकको पोर्चुगलमा दुखद अन्त भएको छ। भोलिको नेपाल जाने भन्दा एक रात पहिला उनले आफु बसेकै ठाउमा आत्माहत्या गरेका छन्। आत्माहत्याको खास कारण खुलेको छैन। प्रहरीले अनुसन्धान गरेपछि सबै कुरा थाहा हुनेछ। तर उनले अन्तिम समयमा आमाको नाममा एउटा फेसबुक स्टाटस लेख्दै यौ संसार बाट बिदा भएका छन्।

शरद कुवर नाम गरेका २९ बर्षिया ति युबक होस्टेलमा सुत्न गएको र केहि बेरमा होस्टेलको भबनको चार तलबाट हाम फालेर आत्माहत्या गरेको कुरा पोर्चुगलको लिसबनबाट हाम्रा सहकर्मी श्रवन कटुवालले जनाएका छन्।

२ वर्षअघि यहाँ आएका बझाङका २९ वर्षीय सुरत कुँवरले बिहीबार स्थानीय समयअनुसार करिब ३ बजेतिर ४ तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन्। उनले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरेलगत्तै आत्महत्या गरेका थिए। उनले राखेको फोटोसहितको स्टाटसमा लेखेका थिए। यसबीचमा उनले परिवारलाई समेत कल गरेकाे देखिएको छ।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *