congress tanahu

पौडेलको कांग्रेस तनहुँमा व्यापक बिद्रोह, उनी निकट सयौ नेताहरूको राजीनामा

National News News

The Mirror

स्थानीय निर्वाचनको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गृह जिल्लामा सयौ नेताहरूले राजीनामा दिएका छन।

पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै पौडेल निकट नेताहरूले राजीनामा दिएका छन। राजीनामा दिनेहरूमा तनहुँ कांग्रेस पूर्व जिल्ला सचिव विश्व बास्तोला, कांग्रेस पूर्वा क्षेत्रीय सभापति महेश्वर भट्टराई समेत रहेका छन्।

यस्तै पार्टीका विभिन्न समितिमा रहेका चूडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत, बाबुराम बगाले समेतले राजीनामा दिएका छन।

पार्टीले योगदानअनुसार स्थानीय तहको टिकट वितरण नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन।

उनीहरूमध्ये महेश्वर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास १ को वडा अध्यक्षमा, थापाले व्यास २ को वडा अध्यक्षमा, पौडेलले शुक्लागन्डकी नपा—३ को वडा अध्यक्ष र महतले शुक्लागन्डकी नपा—८ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन।

[ref-nepalpress]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *