durga poudel

‘प्युठानको तालमेलको समाचारबारे सांसद दुर्गा पौडेलद्वारा खण्डन’

National News News

The Mirror

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले प्युठानमा आफूलाई समेत समावेश गरेर चुनावी तालमेलबारे प्रकाशित गरिएको समाचारको खण्डन गरेकी छन।

२०७९ साउन २९ गते वक्तव्य जारी गर्दै उहाँले प्युठानको प्रतिनिधि सभामा दुर्गा पौडेल तथा प्रदेशसभामा रोज राना र कृष्णध्वज खड्काले उम्मेदवारी दिने समाचार अझै पनि आधिकारिक नभएको उनले बताईन।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै प्युठानको चुनावी तालमेलबारे अहिलेसम्म कुनै समझदारी नभएको बताईन।

उनले जारी गरेको प्रेस विज्ञप्ति

‘आगामी चुनावमा प्युठानबाट प्रतिनिधि सभाका लागि दुर्गा पौडेल र प्रदेशसभामा रोज राना र कृष्णध्वज खड्का उम्मेदवार हुने समाचार प्रकाशित भएको छ। मैले के स्पष्ट गर्न चाहान्छु भने मेरा विषयमा हाम्रो पार्टी वा पाँच दलका तर्फबाट समेत प्युठानमा म प्रतिनिध सभामा उठ्ने कुरामा कुनै समझदारी भएको छैन। त्यसैले उक्त समाचार औपचारिक नभएको कुरा मैले स्पष्ट गर्न चाहन्छु’।

[ref-yugdarshan]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *