the mirror

प्यूठानमा एमाले र जनमोर्चाका कार्यकर्ता बीच झडप

National News News

The Mirror

प्यूठानको नौबहिनी गाउँपालिका–८ फोप्लीमा एमाले र जनमोर्चाका कार्यकर्ताबीच झडप भएको छ।

स्थानीय तहको चुनावमा भोट दिन भन्दै जनमोर्चाका कार्यकर्तालाई एमाले कार्यकर्ताले फकाउन खोजेपछि झडप भएको बताइएको छ।

सुरुमा दुवै समूहबीच विवाद भएको र पछि झडप भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए।

झडपमा विष्णु गुरुङ र पुठबहादु पुन घाइते भएको प्रहरीले जानकारी दिएको छ।

फोप्लीमा भएको र्‍यालीबाट फर्किने क्रममा जनमोर्चाका कार्यकर्तालाई एमालेहरुले घरभित्र हाली फकाउन खाजेको जनमोर्चाका कार्यकर्ताको आरोप छ।

घाइते एमाले कार्यकर्ताले भने जनमोर्चाका कार्यकर्ताले धारिलो हतियारसहित कुटपिट गरेको बताएका छन। घाइतेहरूको बिजुवारस्थित प्यूठान अस्पतालमा उपचार भइरहेको छ।

सुरुमा जनमोर्चाका कार्यकर्तासंग झडप भएपनि पछि उक्त झडप गठबन्धनका दलहरु र एमाले बीच भएको थियो।

अन्तत उक्त झडप गठबन्धनका दलहरु र एमाले बीच हुन थाल्यो। उनीहरुले एक अर्कालाई आरोप लगाउदै आएका छन।

[ref-ekantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond- The Mirror Team

Online Shopping को लागी तलको लिंक क्लिक गर्नुहोला

https://www.safestgatetocontent.com/f749zhj2c?key=6503492a64c7c3f237d12c9e64a0de5e

Leave a Reply

Your email address will not be published. Required fields are marked *