प्रकाश चन्दले भेटे प्रचण्ड पत्नी सिता दाहाललाई, ‘आमा भन्दै अँगालो मरे’

National News News

The Mirror Desk,

काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्ड की धर्मपत्नी सित दाहाल लाई बिरामी भएर थप उपचारको लागी भारतको मुम्बई लगिएको छ। उनको साथमा प्रचण्ड, छोरीहरु रेणु दाहाल र गङ्गा दाहाल पनि संगै छन्।

यसै क्रममा अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकास चन्दले एवं नेकपा प्रचण्ड पत्नी सिता दाहाललाई भेटेका छन्। भारतको मुम्बई लैजाने कार्यक्रम तयभएसँगै विप्लवपुत्र प्रकाशले सोमबार बिहान उनलाई भेट्न खुमलटार पुगेको जनाइएको छ। सितालाई भेटेसँगै डाक्टर समेत रहेका विप्लवपुत्र प्रकाशले स्वास्थ्यसम्बन्धी केही सुझावका साथै शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए।

प्रकाशले सितालाई ‘आमा’ भनेर सम्बोधन गर्दै अंगालो मारेका थिए अनि दुवै जनाको गहभरि आँशु भरिएको थियो। जुन एक भेटपछि सार्वजनिक भएको तस्बिरमा पनि स्पस्ट देखिएको छ। प्रकाशले भेटेलगत्तै सीतालाई मुम्बई लगिएको छ।

[ref-onlinenews]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *