The Mirror
सत्तारूढ दल माओवादी केन्द्रमा प्रचण्ड प्रति नेताहरु निकै आक्रोशित भएका छन्। पछिल्लो राजनीतिक घटनाक्रम र अर्थमन्त्रीको कार्यले उनको पनि आलोचना सुरु भएको छ।
यसै क्रममा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डका कारण जनताले माओवादीलाई बिश्वास गर्ने आधार सकिएको निश्कर्ष सुनाएका छन।
प्रचण्डले बहुबिवाह गर्ने आफ्ना छोरा प्रकाश दाहालको शालिक अनावरण गरेपछि आम जनताका नेता नभई एक जनाका पिता मात्रै रहेको प्रष्ट भएकोले पार्टीप्रति नै जनताको बिश्वास उडने तथ्य रोचक ढंगले प्रस्तुत गरे।
न्यौपानेले चिनियाँ नेता माओत्सेतुङको प्रसंग जोडेर छोरा कि आम जनता भन्ने बिषयलाई निकै सान्दर्भिक तबरले राखे।
राज्यकोषको दुरुपयोग प्रचण्डले नुवाकोटको ककनीमा आफ्ना छोरा प्रकाशको शालिक अनावरण गरेपछि न्यौपानेले उनि प्रति निकै तिखो ब्यङ्ग गरेका हुन।
छोराको सालिक बनाएर अनावरण गरेपछि प्रचण्डको पार्टी भित्र र बाहिर चर्काे आलोचना भइरहेको छ। सोही विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य न्यौपानेले माओलाई जोडेर प्रचण्डको पुत्र मोह उजागर गरे। स्टाटसका साथमा उनले माओका बाबु–छोराको तस्बिर समेत सेयर गरेका छन।
न्यौपानेका अनुसार ५ लाख चिनियाँ स्वयंसेवक कोरियाली जनतालाई सघाउन कोरिया गएका थिए, तीमध्ये एक थिए– माओका जेठा छोरा माओ आनइङ। कोरिया युद्ध (१९५०–१९५३) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए। जस्मा माओपुत्र आनइङ पनि १९५० नोभेम्बर २५ मा मारिए । छोरो सहिद भएको खबर माओले बुहारीलाई सुनाए, त्यसबेला उनको काखमा सानो बच्चा (माओको नाति) थियो।
माओलाई बुहारीले ‘अब जिउँदो पति देख्न नपाए पनि शवको अनुहार अन्तिमपटक हेर्ने इच्छा छ’ भनिन। बुहारीको त्यो अन्तिम इच्छाबारे माओले भने, ‘तिम्रो पति मात्र होइन, अरू ३० हजार चिनियाँ योद्धाहरू कोरियामा मारिएका छन।
न्यौपानेले लेखेका छन, ‘ती सबैको शव चीन ल्याउनुपर्छ, जुन सम्भव नै छैन, त्यसकारण हाम्रो छोरोको मात्र शव ल्याउन मिल्दैन, हाम्रो छोराको मात्र शव ल्याउने र अरूको नल्याउने हो भने जसजसका परिवारबाट कोरियामा सहिद भए उहाँहरूले हाम्रो पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन’।
त्यसपछि पति वियोगमा परेकी माओकी बुहारीले माओको कुरामा चित्त बुझाएको न्यौपानेले उल्लेख गरे।
उनले थप लेखेका छन, ‘यसकारण माओ, माओ बने, आजसम्म त्यसरी नै बाँचिरहेका छन, आज पनि उनलाई सम्पूर्ण चिनियाँहरूले हृदय देखि सम्मान गर्छन, दैनिक ६५ हजार चिनियाँ युवाहरू माओको शाओशान गाउँको घर (संग्रहालयं) अवलोकन गर्छन र हाम्रो महान नेता भनेर गर्वले छाती चौडा बनाउँछन’।
[ref-merosathi]
अन्तमा यो पनि…