आफ्नो समुहमा आउन प्रचण्डले गरेको अनुरोध बामदेबले गरे अस्विकार

National News

The Mirror Desk

काठमाडौँ, सत्तासिन पार्टी नेकपा फुटेर अस्तव्यस्त भएको छ। यसको असर अब केन्द्र अनि गाउसम्म पुगेको छ। तर पनि सबैको केन्द्र बिन्दु बनेका बामदेव गौतम अझै पनि पर्खा र हेरको स्थितिमा छन्। दुवै समुहले उनीलाई आफुतिर तान्न निकै मिहनेत गरिरहेका छन्। उनले दुवै समुहलाई संतुलनमा राखेर कुराकानी गरिरहेका छन्।

यसै क्रममा उनि प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटार पुगे। संसद बिघटनमा आफ्नो समर्थन नभएको सन्देश उनले प्रचण्डलाइ दिएपनि आफ्नो समर्थन उनलाई अझैसम्म नभएको स्पस्ट पारेको समचार बाहिर आएको छ। दुई नेताबीच करिब एक घण्टा भन्दा बढी समय कुराकानी भएको थियो। उनले सो भेटमा आफुले केही समय सोच्न बाध्य भएको बताएका थिए र तत्काल प्रचण्डलाई समर्थन गर्नभने अस्विकार गरेका थिए।

तर वामदेवले भने आफू अझै पनि पार्टी एकीकरणको पक्षमा अडीग रहेको सन्देस प्रचण्डलाई दिएका थिए। तर पनि नीति सिद्धान्त र जनता भन्दा सधै आफ्नो स्वार्थलाइ माथि राखेर राजनीतिक गर्ने भएकोले ”जो जतिखेर जतापनि’ पनि लाग्न सक्ने कुरा सबैमा अबगत नै छ।

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *