bharatpur congress

‘प्रचण्डको धम्कीका कारण चितवनका १ सय ३६ कांग्रेसद्वारा पार्टी परित्याग’

National News News

The MIrror

नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले पार्टीबाट संयुक्त राजिनामा दिएका छन्।

भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्।

जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाई छ।

उनीहरूले भनेका छन, ‘नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा प्रस्तावक र महाधिवेशन प्रतिनिधि मीना खरेलको समर्थनले पौडेलको उम्मेद्वारी थप बलियो भएको छ र उहाहरुलाई पार्टीले गरेको अबैधानिक कारबाही विरुद्ध हामी महागनरभित्रका सदस्यहरूले राजीनामा पेश गरेका छौँ’।

राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्यसमिति सदस्यसम्म रहेको मेयर पदका उम्मेदवार पौडेलका सहयोगी नविन बरालले जानकारी दिए।

उनका अनुसार,अझै हस्ताक्षर संकलनका काम भइरहेको छ। उनीहरूले उठाएको माइनुट पत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गरेर राजिनामा लेखेका छन्।

सबैभन्दा धेरै भरतपुर महानगरपालिका–१५का कार्यकर्ताले राजिनामा लेखिएको मनाईनुटमा हस्ताक्षर गरेका छन्।

यसका साथै काँग्रेस कार्यकर्ताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजोमात्र दिएको धम्कीको पनि व्यापक आलोचना गरेका छन्।

हिजो मात्र माओबादी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यदि भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका थिए। उनको यो भनाईले काँग्रेसका कार्यकर्ताहरु निकै रुस्ट बनेका छन्

[ref-nagarik]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *