प्रचण्डको मोहनबिक्रम लाई प्रस्ताब, ”ओली बिरुद्धको आन्दोलनमा सहयोग गर्नुहोस”

National News News

The Mirror Desk,

काठमाडौ, नेपालको कम्युनिष्ट आन्दोलनका धरोहर मानिने ने क पा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले ‘प्रचण्ड-नेपाल’ समुहका अद्क्ष्य प्रचण्डलाई भेटेका छन्। बिहीबार प्रचण्ड निवास खुमलटार पुगेका महामन्त्री सिंहले प्रधानमन्त्री ओलीको असंवैधानिक र गैरजिम्मेवारी पूर्ण कदमविरुद्ध एकजुट भएर आन्दोलनमा सहयोग गर्न प्रचण्डले अनुरोध गरेको उनले बताए।

महामन्त्री सिंह प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न बिहिबार दिउँसो मेडिसिटी अस्पताल पुगेको थिए। सीता दहालको डिस्चार्ज भइसकेपछि उनकै निवासमा पुगेर भेट गरी स्वास्थ्य लाभको कामना गरेको सिंहले बताए। अध्यक्ष प्रचण्डको सचिवालयले पनि सिंहले प्रचण्ड संग भेट गरेको र सीता दाहालको स्वास्थ्य अवास्थाको बारेमा जानकारी लिएको बताएको छ। सिहले स्वास्थ्य अबस्था बुझ्नुका साथै प्रचण्डसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेको बताएको छ। बिशेषता प्रचण्डले के पी ओलीको कदम बिरुद्धको आन्दोलनमा सहयोग गरिदिनुहुन सिहं संग अनुरोध गरेको बताइएको छ। दुई नेताको भेटमा संसद विघटन, नेकपा विभाज र अबको बाटोबारे छलफल भएको थियो। महामन्त्री सिंह अध्यक्ष प्रचण्डका कट्टर आलोचक मानिन्छन्। सिंह नेतृत्वको मसालले पछिल्लो समय केपी शर्मा ओलीले उठाएको राष्ट्रवादको मुद्दालाई साथ दिँदै आएको थियो। प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको भने मसालले खुलेरै विरोध गरेको छ। महामन्त्री सिंह अध्यक्ष प्रचण्डका कट्टर आलोचक मानिन्छन्। सिंह नेतृत्वको मसालले पछिल्लो समय केपी शर्मा ओलीले उठाएको राष्ट्रवादको मुद्दालाई साथ दिँदै आएको थियो। प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको भने मसालले खुलेरै विरोध गरेको छ। 

[ref-nepalkhabar]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *