The Mirror
सोमबार बिहान कैलारी कैलारी गाउँपालिकामा भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न आएका माओवादी अध्यक्ष प्रचण्डले त्यहाँका बिद्रोही उम्मेदवारका लागि मत मागेका छन।
उनले भने, ‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा (चौधरी)लगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउनुस् भन्न चाहन्छु, उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्दछु’।
कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार कैलारी गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस छन।
माओवादीले अध्यक्षमा अघिल्लो निर्वाचनमा पनि विजयी भएका लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ तर उपाध्यक्षमा माओवादी केन्द्रकी लक्ष्मी चौधरीले बागी उम्मेदवारी दिएकी छन। उनी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन।
लक्ष्मी चौधरीलाई गठबन्धनको आधिकारिक उम्मेदवार नभएको भन्दै यसअघि कारबाही गरिएको थियो तर प्रचण्डले भने उनै चौधरीका लागि मत मागेका हुन।
उनले गठबन्धनमा धोका र बेइमानी स्वीकार्य नहुने समेत बताए।
उनले भने, ‘गठबन्धन गर्नु भनेको सबै ठाउँमा झुक्नु होइन, गठबन्धन क्लियर भएको छैन, उम्मेदवार जुनसुकै रूपले अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्दछु, ।’
प्रचण्डले सभामा बोलिरहदा पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरिरहेका थिए।
प्रचण्डले सभामा बोलिरहदा गठबन्धनका तर्फबाट काँग्रेसका आधिकारिक उम्मेदवारलाई वास्तै नगरी आफ्नै पार्टीका बिद्रोही उम्मेदवारलाई विजयी गराउन पटक–पटक आग्रह गरिरहेका थिए।
[ref-onlinekhabar]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team
Online Shopping को लागी तलको लिंक क्लिक गर्नुहोला