The Mirror Desk,
काठमाडौँ, ‘प्रचण्ड-नेपाल’ समुहका अदक्ष्य प्रचण्डसंग काम गरेका उनका निकट र महत्त्वोपूर्ण सहयोगीहरुले क्रमस उनको साथ् छोडेका छन्। पछिल्लो समयमा उनको साथ् छोड्ने पूर्व सहयोगीहरु बढ्दै गएको देखिन्छ। हुनत पूर्ण एमालेका नेताहरुले उनलाई साथ दिएका छन् तर यो साथ नीति र सिद्दान्त भन्दा बढी पदको लागी जस्तो देखिएकोले धेरै नटिक्ने अनुमान गरिएको छ।
पार्टीमा प्रचण्ड सधैँ ‘सुप्रिमो’ भएर बसे र विगत ३० वर्षभन्दा धेरै समयदेखि पार्टीका हरेक मोर्चामा एकछत्र राज गरिरहेका छन्। उनले आफूलाई किन निकट सहयोगीहरुले साथ छोडिरहेका छन् भन्ने कहिल्यै पनि विचार गरेनन् । उनले सधैँ तीन ‘प’ को राजनीति मात्र गरिरहेको आरोप लाग्ने गरेको छ। ति हुन्, पद, पैसा र परिवार। कतिपयले उनी परिवारभन्दा बाहिर जान सक्दैन र यो बिषयले पार्टीमा आन्तरिक समस्या उत्पन्न गराइरहेको विश्लेषण पनि गरिरहेका छन्।
‘प्रचण्ड’लाई छोड्ने हस्तिहरुमा, मोहन बैद्य, बाबुराम भट्टराई, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रबिक्रम चन्द, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, खड्कबहादुर बिश्वकर्मा, लोकेन्द्र बिष्ट मगर, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली, सन्तोष बुढा मगर, विश्वभक्त दुलाल, हिसिला यमी, गोपाल किराती र अहिले आएर दिनानाथ शर्मा लगाएत अरु थुप्रै हस्तीहरुले चटक्कै छोडेर एक्लो बनाएका छन्।
पछिल्लो पटक उनले बुहारी विना मगरलाई मन्त्री र छोरी रेणु दाहाललाई भरतपुरको मेयर बनाएपछि दाहालको सबैभन्दा ठूलो आलोचना भएको थियो र उनलाई परिवारबादमा फसेको गम्भीर आरोप लाग्ने गरेको छ।
[ref-h.economy]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–