The Mirror
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने सम्भावना लगभग पक्का भएको छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न निरन्तर दबाब दिईरहेका छन।
उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने सक्ने बताए।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरे पछि गत असार २२ गते राजीनामा दिएका थिए।
तर यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो।
पछि मन्त्रालयको सिसिटिभी फुटेज डिलिट गरेपछि प्रमाण भेटिएको थिएन।
[ref-onlinekhabar]
अन्तमा यो पनि…