‘प्रचण्डलाइ नेता मान्नु दुर्भाग्य हुनेछ, समयमै सचेत बनौ’:- शेरबहादुर तामाङ

National News News

The Mirror Desk,

काठमाडौँ, विघटित प्रतिनिधिसभा सांसद तथा नेकपा सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईले एकैसाथ ‘प्रचण्ड-नेपाल’ समूह परित्याग गरी ओली समुहमा फर्केको घोषणा गरेका छन्। अहिले भइरहेका दुबै पक्षलाई समूहको संज्ञा दिँदै उनले कुन आधिकारिक हो भन्ने नखुलिसकेको अवस्थामा प्रधानमन्त्री ओलीलाई साथ दिने निष्कर्षमा पुगेको बताए।

उनले भने, ‘प्रचण्ड-माधव नेपालको कार्यक्रम हेरियो, हाम्रो लोकप्रिय कम्युनिष्ट आन्दोलनलाई संरक्षण गर्दै अघि बढाउनुपर्ने आवश्यकता देखेँ, त्यो प्रचण्ड-नेपाल’ समूहबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेपछि मैले प्रधानमन्त्रीको समूहमा आउने घोषणा गरेँ’।

प्रतिनिधिसभा विघटनपछि तामाङ ओली समूह छोडेर प्रचण्ड-नेपाल समूहमा गएका थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए। उषाकला प्रदेशसभा सांसद हुन्। उनी लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए।

तामाङ र उनकी धर्मपत्नी उषाकला राई संगै नेकपाकाे मूलधारमै फर्केका हुन्। पूर्व एमाले धारलाई संकटबाट जाेगाउन र बचाउन आफ्नै घर फर्किएकाे पनि उनले बताए। उनले अब पनि प्रचण्डलाई साथ् दिनु भनेको राष्ट्र प्रति घात गर्नु सरह भएको बताए। प्रचण्ड समूहमा पूर्व एमालेहरूकाे बिजाेग भएको पनि दाबी गरे।

[ref-setopati]

अन्तमा यो भिडियो पनि हेर्नुहोस है

नेपाल रेल्वेका महाप्रबन्दक गुरु भट्टराईको अस्लिलताले भरिएको कुराकानी

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

2 thoughts on “‘प्रचण्डलाइ नेता मान्नु दुर्भाग्य हुनेछ, समयमै सचेत बनौ’:- शेरबहादुर तामाङ

  1. सहि हाे । देशलाइ दलदल मा फसाउन खाेज्रने सन्तान प्रेमि, भारतिय कठपुतलि हाे प्रचन्ड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *