काठमाडौं, प्रधानमन्त्री एवं सत्तासिन पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि अर्का अध्यक्ष प्रचण्डलाई सबै कुरा भुलेर मिलेर चुनाव लड्ने प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसदको विघटन गरेर मध्यावधि चुनाव घोषणाको सिफारिस रास्ट्रपतिमा गरेपछि प्रचण्डलाई भेटेका थिए। प्रधानमन्त्री निबास बालुवाटारमा भएको उक्त भेटमा प्रचण्डले ओलीलाई संसद विघटनको सिफारिस निरंकुश, घातक र प्रतिगमन कदम भएको भन्दै कडा आक्रोश पोखेका थिए। उनले यसले संसद विघटन मात्र होइन, प्रतिगमनकारी शक्तिहरुलाई खेल्न निकै सजिलो भएको बताएका थिए। उनको जवाफमा प्रधानमन्त्री ओलीले “जे भयो भयो, सबै कुरा बिर्सेर मिलेर चुनावमा जाऔं र जितेर आऔं” भनेका थिए। उनीहरुको कुराकानी चलिरहेको बेलामा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेको सूचना आएपछि प्रचण्ड जुरुका उठेर हिडेका थिए। छलफलमा केहि पनि सहमति र यो भन्दा बढी कुरा केहि पनि भएको थिएन।
[ref-onlinekhabar]
For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…