madhav nepal

प्रचण्डलाई नेपालको चेतावनी, आफ्नो शक्तिको अति घमण्ड नगर्नु, हेपियर बस्दैनौ, एक्लै भिड्छौं

National News News

The Mirror Desk

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचन सिट बाँडफाँटमा केहि शक्तिले आफ्नो अति मूल्याकंन गरेको गुनासो गरेका छन।

सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूलाई ठूलो ठानेको नेपालको गुनासो छ।

महानगर र उपमहानगरपालिकाको भागवण्डामा कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीमाथि आफ्नो हैसियतभन्दा ज्यादा दाबी गरेको बताइरहेका छन।

पोखरामा समाजवादीको संगठन र जनाधार कमजोर रहेको भन्दै पौडेलले कांग्रेसले नै राख्नुपर्ने अडान लिएका छन्। उनले हैसियत र दायित्व बुझेर अघि बढ्न भनेका छन्।

उनलॆ भने, ;आफ्नो शक्तिको अति घमण्ड गरे , हेपियर बस्दैनौ, एक्लै भिड्छौं’।

त्यस्तै प्रचण्डले उपमहानगरमा एकीकृत समाजवादीले बढी सिट माग्दा सहमति जुट्न नसकेको पार्टीमा ब्रिफिङ गरेका छन्। उनले समाजवादीले आफूलाई एमालेजस्तै ठानेकोसम्म भन्न भ्याएका छन्।

स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मेका हैनौं। आफ्नो शक्तिको अति मूल्याकंन गर्नु हुँदैन।

केहि शक्तिले आफ्नो अति मूल्याकंन गरेका छन्।’ सिट बाँडफाँटबारे छलफल भइरहेको भन्दै अध्यक्ष नेपालले चुनावमा पाँच दल मिलेर जाने बताए। सहमति नभए मित्रवत् प्रतिष्पर्धा हुने उनको भनाइ छ।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *