प्रचण्डलाई प्रधानमन्त्रीको फोन, ‘भेटौँ न, केही महत्त्वपूर्ण कुरा गर्नु छ’

National News News

The Mirror Desk,

काठमाडौँ, माओवादी केन्द्रका एक नेताले बताए अनुसार नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोमबार बिहान फोन गरेर भेटको प्रस्ताव गरेका छन्।

प्रचण्ड निकट एक नेताका अनुसार, ‘उहाँले भेटौ कुरा गरौं भनेर प्रस्ताव गर्नुभएको छ, प्रचण्ड कमरेडले भेट्न त के भयो र भेटौंला तर अहिले म बैठकमा छु भन्नु भएछ, त्यसपछि उहाँले बिहान वा बेलुका समय मिलाएर भेटौँ न भन्नु भएछ, त्यसपछि प्रचण्ड कमरेडले पार्टी अलग-अलग भएपछि अब के कुरा छ र भन्‍नुभयो’।

ओलीले प्रचण्डलाई भने, ‘मैले केही कुरा गर्न चाहेको थिए, तपाईंको कुरा तपाईसँग हुन्छ, मेरो कुरा मैसँग हुन्छ, मैले भनेको कुरा तपाईंले मान्नु पर्छ भन्ने पनि छैन, तपाईंले भनेका कुरा मैले मान्नु पर्छ भन्ने पनि छैन तर म केही कुरा गर्न चाहन्छु’।

प्रधानमन्त्रीले केहि महिना पहिला प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए तर त्यसयता उनीहरुबीच कुराकानी भएको छैन।

[ref-kantipur]

अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस

आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *