‘प्रचण्डलाई प्रधानमन्त्री नबनाएसम्म सडकमै रहन्छौ’:- योगेश भट्टराई [उनको पुरानो भिडियो सहित]

National News News

The Mirror Desk

काठमाडौँ, सत्तासिन पार्टीको विभाजन संगै युवाहरु पनि आफ्नो-आफ्नो समुहको वकालत गर्न ब्यस्त रहेका छन्। त्यस्तै एक युवा नेता हुन् योगेश भट्टराई जसले प्रचण्डको समर्थनमा निकै अगाडी आएर भन्नु पर्ने सबै भनिसके।

उनले संसद पुनस्थापना नभएसम्म सडकबाट नफर्किने बताएका छन। ‘प्रचण्ड-नेपाल’ समूहका युवा नेता भट्टराईले संसद पुर्नस्थापना र बालुवाटारमा आफ्नो पक्षले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक नछाड्ने र जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने स्पष्ट पारेका हुन। ‘हामी प्रचण्डलाई प्रधानमन्त्री नबनाई छोड्दैनौ’ भन्दै प्रचण्डको पक्ष्यमा कडा अभिव्यक्ति दिएका थिए। उनले पुस १४ गते काठमाडौंमा आफ्नो पार्टीले विशाल प्रदर्शन गर्ने समेत बताए। भट्टराईले ओली सरकारको विरुद्धमा लाखौं मानिस सहभागी भै आफ्नो शक्ति प्रदर्शन गर्ने समेत बताए। उनि पछिल्लो समय प्रधानमन्त्री के पी ओली प्रति निकै आक्रामक देखिएका छन।

योगेश भट्टराई त्यस्ता युबा नेता हुन् जसले डाक्टर गोबिन्द के सी प्रति निकै नै तल्लो स्तरको आरोप लगाएका थिए। आफ्नो श्रीमतीलाइ नर्सिङ्ग परिषदमा जागिर खुवाउन दिनरात नेताको घर घरमा पुगेका थिए। आफ्नो कार्यकालमा केहि काम गर्न नसकेको आरोप पनि उनले खेप्दै आएका छन्।

[ref-annapurna]

उनले डक्टर गोबिन्द केसीलाई निकै तल्लो स्तरमा झरेर माफियाले उचालेको भनेर आरोप लगाएका थिए। भिडियो अलि पुरानो हो तर सान्दर्भिक लागेर यहाँ समाबेश गरिएको छ। सुन्नुहोस उनको गैरजिम्मेवार पूर्ण अभिव्यक्ति [हेर्नुहोस यो भिडियो]

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *