‘प्रचण्डलाई भन्दा विप्लवलाई बढी सुरक्षा, प्रचण्डलाई सई, विप्लवलाई इन्सपेक्टर’

National News News

The Mirror Desk,

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबिच तिन बुदे सहमति भएपछी विप्लब अहिले खुला भएका छन्। उनले विभिन्न पार्टीका शिर्ष नेताहरुसंग पनि लगातार रुपमा छलफल गरिरहेका छन्। झन्डै दुई वर्ष सम्म सरकार र उनको पार्टी बीच द्वन्द्व कायमै थियो, जसले भेट्यो उसले ठोक्यो भन्ने नीति दुवैको थियो तर अब त्यो रहेन। त्यसैले त प्रहरी र विप्लव समूहबिच ‘इन्काउन्टर’ हुँदा गोली चलिहाल्थ्यो। त्यसैको नतिजा थियो सर्लाही जिल्लाका इन्चार्ज कुमार पौडेलेको हत्या।

अहिले उनि विभिन्न जिल्लामा निर्धक्क भाषण गर्दै हिँडिरहेका छन्। उनी हिँड्दा अगुवा पछुवा पनि सुरक्षाको लागि खटिएका नेपाल प्रहरी छन्। हतियार नबुझाइ वार्तामा आएका विप्लवलाई नेपाल प्रहरीका सुरक्षाकर्मीले नै सुरक्षा दिइरहेका छन्।

बिप्लबको सुरक्षा

नेपाल प्रहरीले नेत्र विक्रमचन्दको सुरक्षाको लागि १० जना सुरक्षाकर्मी खटाएको छ। सुरक्षाकर्मीको कमाण्ड इन्स्पेक्टरले गरेका छन्। सार्वजनिक भएपछि विप्लवमा सुरक्षा थ्रेट देखेकाले सुरक्षाकर्मी खटाइएको सरकारले जनाएको छ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुरक्षा व्यवस्था मिलाउने निर्देशन दिएको थियो। गृहको निर्देशन अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विप्लवलाई सुरक्षा दिइरहेको छ।

उनी हिँड्दा अगुवा गाडीमा पाँच जनाको प्रहरी टोली सँगैसँगै हिँड्छ। उनी बस्ने निवासमा थप पाँच जना प्रहरीको टोली खटाइएको छ। जुन जिल्लामा उनि जान्छन त्यहीँबाट सुरक्षा व्यवस्था मिलाइएको छ।

विप्लव राज्यको विशिष्ट व्यक्तिमा पर्दैनन् तर पनि हालको स्थितिलाई हेरेर सुरक्षा व्यवस्था मिलाइएको हो। उनी सरकारसँगको वार्ता सफल भइसकेपछि पहिलो पटक सार्वजनिक हुँदा पनि सरकारले सुरक्षा व्यवस्था मिलाएको थियो। सार्बजनिक हुने क्रममा गत हप्ता नवलपरासीबाट काठमाडौं आउँदा सुरक्षाकर्मीले स्कर्टिङ समेत गरेका थिए।

प्रचण्डको सुरक्षा

जबकि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षा कमाण्डमा भने सईलाई खटाइएको छ। उनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सईको कमाण्डमा सुरक्षाकर्मी खटाइएको छ। यसअघि अध्यक्ष दाहाललाई डीएसपीको कमाण्डमा सुरक्षा दिँदै आएको थियो।

सरकारले सुरक्षाकर्मीमा कटौती गरेपछि दाहालले पूर्वजनमुक्ति सेनाबाट सुरक्षा लिइरहेका छन्।

[ref-Ksutra]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *