प्रचण्डलाई भेट्न खुमलटार जाँदै प्रधानमन्त्री केपी ओली

National News

काठमाडौँ, सत्तासिन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान खुमलटार जाँदैछन्। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री ओली केही समयमा दाहाल निवास खुमलटार आउन लागेको सूचना आफुलाई प्राप्त भएको जानकारी दिएका छन्। प्रधानमन्त्री आउने भएपछि उक्त क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको छ र सुरक्षा सतर्कता एकदमै बढाइएको छ। पार्टीमा आन्तरिक विवाद निकै चर्किरहेका बेलामा ओली प्रचण्डलाई भेट्न जानुलाई निकै नै अर्थपूर्ण रुपमा हेरिएको छ।

पछिल्लो समयमा “प्रचण्ड-नेपाल” गुटले आफ्नो भेलाहरुलाइ तिब्रता दिइरहेको बेलामा यो भेट हुनै लागेको हो। प्राप्त जानकारी अनुसार प्रचण्डले ओलीलाई “म जहिले पनि बालुवाटार आइरहने कहिलेकाही त तपाइँ मेरोमा आउदापनि हुन्छ नि” भनेपछि प्रधानमन्त्री ओली खुमलटार जान लागेको बताइएको छ। हेरौउ आजको भेटबाट केहि राम्रो कुरा आउछ कि? [ref-kantipur]

Leave a Reply

Your email address will not be published. Required fields are marked *