The Mirror
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रचण्डलाई जबाफ दिदै प्रचण्डले कसरी काँग्रेसलाई ठेगान लगाउन खोजेको र त्यो आफुले हेर्न चाहेको बताएका छन।
पौडेलले देश र जनता बचाउने काम गरिरहेको कांग्रेसले हार व्यहोर्न तयार रहेको बताए।
माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै पौडेलले भने, तपाईले ठेगान लगाउदा पनि हामी राष्ट्र, जनता र न्यायका पक्षमा लड्न छाड्ने छैनौ’।
हिजो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आज कमलपोखरीमा आयोजित प्रशिक्षणमा प्रचण्डले दम्भ र अहंकार गरे एमालेलाई जस्तै गरी कांग्रेसलाई ठेगान लगाउन सकिने चेतावनी दिएका थिए।
यसतर्फ लक्षित गर्दै पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ। त्यसैले हामी हार व्यहोर्न तयार छौं। तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं’।
[ref-setopati]
अन्तमा यो पनि…